यसै सातादेखि माथिल्लो तामाकोशीबाट बिजुलीको परीक्षण उत्पादनको परीक्षण शुरु
१३ असार, काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट बिजुली उत्पादनको परीक्षण यसै साताबाट शुरु गर्ने तयारी थालिएको छ ।
शनिबार मध्यराति ४८ घण्टाको सुरुङ परीक्षण सकिएको छ । माथिल्लो तामाकोशीको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जडान गर्नका लागि आइतबारबाट तार तान्ने काम शुरु भएको छ । तार तान्ने काम आगामी बिहीबारभित्र सक्ने लक्ष्य छ ।
त्यसपछि बिजुलीको परीक्षण उत्पादन शुरु हुने माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।
























