करेन्ट लाग्दा टिपरका सहचालकको मृत्यु
असार १३, दाङ – दाङको देउखुरीमा करेन्ट लागेर टिपरका सहचालकको ज्यान गएको छ ।
राप्ती गाउँपालिका- १ का २५ वर्षीय सागर सोमई मगरको करेन्ट लागेर ज्यान गएको हो । गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीमा टिपरले बाटो माथि झुन्डिएको तार छुने देखेपछि तार उचालेर मिलाउने क्रममा मगरलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका मगरको उपचारका क्रममा लमही अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । टिपर र चालकलाई गढवा प्रहरीले नियन्त्रणमा लिएको छ ।
























