आज काठमाडौं उपत्यकाका सिडिओको बैठक बस्दै

असार १४, काठमाडौं । काठमाडौंका उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सिडिओ०हरुको बैठक बस्दैछ । निषेधाज्ञाबारे थप निर्णय लिनको लागि सिडिओहरुको बैठक बस्न लागेको हो । सिडिओहरुको बैठक आइतबार पनि बसेको थियो तर बैठकले ठोस निर्णय लिन नसकेपछि पुनःआज बैठक बस्न लागेको हो ।

जारी निषेधआज्ञाको समय आज ९सोमबार० सकिँदै गर्दा तीन जिल्लाका स्थानिय प्रशासनले केही मापदण्ड बनाएर अब भने सार्वजनिक यातायात संञ्चालन गर्न दिने तयारी पनि गरेको छ । एक साता देखी ट्याक्सीलाई जोर–विजोरका आधारमा संञ्चालन गर्न अनुमति दिईएको थियो । यसै गरी पसलहरुलाई पनि बर्गिकरण गरेर संञ्चालन गर्न स्थानिय प्रशासनले अनुमति दिएको थियो ।

तर सबै प्रकारका सभा सम्मेलन, सैलुन, क्लब, ब्यूटी पार्लर, जिमलगायतमा लगाएको रोक कायमै राख्दै सार्बजनिक स्थानमा धेरै मानिस भेला हुन रोक लगाउने निर्णय भने यथावत रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*