काठमाडौंमा भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुँदै
काठमाडौं,असार १४ – सोमबार बिहान बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको छ।
“कोरोनाभाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने निर्णय भएको छ,” ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालले हिमालखबरसँग भने।
यससँगै भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। “सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको छ।
कसरी सञ्चालन गर्ने भन्ने तय गर्न बाँकी छ,” प्रमुख जिल्ला अधिकारी निरौलाले भने, “जोर–बिजोर गर्ने कि अन्य उपाय अपनाउने भन्ने केही बेरमा तय गर्छौं।”
कोभिड–१९ नियन्त्रणका लागि १६ वैशाखदेखि काठमाडौंमा निषेधाज्ञा जारी छ। पछिल्लो समय थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ।
भोलिदेखि सात दिन अर्थात् २१ असारसम्म निषेधाज्ञा थपिएको हो। अब झन् खुकुलो पारिने भएको छ।
























