आजबाट काठमाडौंमा सार्वजनिक यातायात सञ्चालन

काठमाडौं, असार १५ – काठमाडौं उपत्यकामा आजबाट सार्वजनिक यातायात सञ्चालनमा आएको छ।

कोरोना भाइरसको निणयन्त्रका लागि दुई महीनादेखि जारी निषेधाज्ञाका कारण यातायात बन्द गरिएको थियो। सोमबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले आजबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

त्यहि अनुसार बिहानदेखि २५ सिटभन्दा माथिका सार्वजनिक सवारी साधन चल्न थालेका हुन्। सार्वजनिक सवारी साधन जोर–बिजोर प्रणालीमा चलिरहेका छन्। बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सार्वजनिक सवारी साधन चल्नेछन्।

खाद्यान्न ढुवानीका साधनलाई बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि साँझ ७ बजेसम्म चल्ने व्यवस्था गरिएको छ। सार्वजकि सवारी साधन चलाउँदा स्वास्थ्य मापदण्ड भने अनिवार्य गरिएको छ। चालक, सहचालक र यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ भने क्षमताभन्दा बढी यात्रु राख्न पाइनेछैन।

कोरोनाका कारण वैशाख १६ गतेदेखि काठमाडौंमा निषेधाज्ञा लागू गरिएको हो। पछिल्लो केही सातायता खुकुलो गर्दै लगिएको छ। सोमबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २१ गतेसम्म निषेधाज्ञा थपेका छन्। यो अवधिमा अझै खुकुलो पारिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*