सर्पको टोकाइबाट हेटौँडाका सरोजको मृत्यु

असार १६,हेटौँडा । सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहनगरपालिका–१५ भोर्ले बस्ने २० वर्षीय सरोज बम्जनको मृत्यु भएको हो ।

उनी निजगढ नगरपालिका– १३ डमरपुर स्थित मामा घरमा बस्दै आएका थिए । आज बिहान ३ बजे सर्पले उनको कानमा टोकेको थियो ।

सर्पको टोकाइबाट घाइते भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी निुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*