बाढीपहिरोमा परेकालाई तत्काल उद्धार गर्न गृहमन्त्रीको निर्देशन

हेटौडा, असार १७-  उपप्रधान तथा गृहमन्त्री बिष्णु पौडेलले बाढीपहिरोलगायत विपदमा परेकालाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन्।

उद्धार, राहत र पुनर्स्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न पनि उनले निर्देशन दिएका छन्। गृह मन्त्रालयमा आज बसेको विपद सम्बन्धी बैठकमा उनले अविरल वर्षाले देशका विभिन्न भागमा जनधनको क्षति भएका विवरण आइरहेकाले उद्धार र राहतका लागि निर्देशन दिएका छन्।

उनले उद्धार तथा राहतका लागि स्रोतको अभाव नहुने पनि बताए। बाढीपहिरोले भत्काएका सडक छिट्टै मर्मत गरिने पनि उनले बताए। गृह सचिव महेश्वर न्यौपानेले उद्धार तथा राहत कोषमा पाँच अर्बभन्दा बढी रकम रहेकोले राहत तथा उद्धारमा स्रोतको अभाव नहुने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*