नेपालमा थप २ हजार भन्दा बढिमा कोरोना पुष्टि

असार १८, हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा थप १० हजार ५९६ जनाको परीक्षण गर्दा २ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसैगरि पछिल्लो २४ घण्टामा थप ३ हजार ४५१ जना संक्रमित संक्रमण मुक्त भएका छन् । यसैगरि पछिल्लो २४ घण्टामा थप ३४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ९ हजार १ सय ७९ जना पुगेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*