संयुक्त विद्यार्थी संगठनद्धारा आज पनि ओलीको पुत्ला दहन

काठमाडौं, असार १८ – संयुक्त विद्यार्थी संगठनले आज पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्। आज पनि विपक्षी पाँच दल निकट संयुक्त विद्यार्थी संगठनले मीनभवनमा प्रधानमन्त्री ओलीको पुतला जलाउँदै विरोध प्रदर्शन गरेका हुन् ।

प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप संगठनहरुले लगाएका छन्। संगठनले देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। त्यस्तै, वर्तमान सरकारले महँगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पुरा गर्न नसकेको उनीहरुको आरोप छ।

उनीहरुले शनिबार ७७ वटै जिल्लामा मसाल जुलुस सहित प्रदर्शन गर्ने,असार २० गते विद्यार्थी आन्दोलनका पुर्व अध्यक्षसँग अन्तक्रिया, २१ गते संविधानको प्रति प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम उनीहरुले सार्वजनिक गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*