लामाटार युवा क्लव र लामाटार युवा सर्कल को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
ललितपुर – ललितपुरको लामाटार युवा क्लव र लामाटार युवा सर्कलको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कोरोना भाइरस विषम परिस्थतिमा ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ०९ रक्तदान जीवनदान भन्ने महान उदेश्य साथ लामाटार युवा क्लव र लामाटार युवा सर्कल को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।
लामाटार युवा क्लबका सचिव आकाश गौतमका अनुसार ५९ जना रक्तदान गर्नू भएको थियो । रक्तदान कार्यक्रमा ४१ जना पुरुष र १८ जना महिलाले रक्तदान गर्नुभएको थियो । लामाटार युवा क्लवलामाटार युवा सर्कलले सम्पूर्ण रक्तदाताहरुलाई धन्यबाद प्रदान गरेको छ ।
मौसम अनुकूल भएको भए १०० जना रक्तदाताको अनुमान गरिएको र आगामी दिनहरुमा जुनसुकै परिस्थितिमा पनि सामाजिक कार्यक्रमहरू आयोजना गर्ने प्रतबद्धता पनि लामाटार युवा सर्कलका उपाध्यक्ष हार्दिक पौडेलले जनाएका छन्। ।
























