बाढीले बगायो निर्माणधिन परेवाभिर सडक

असार २०, हेटौंडा । बिहिबार र शुक्रबारको निरन्तर वर्षाले मकवानपुरको बहुचर्चित निर्माणधिन परेवाभिर सडकमा बाढीले केहि क्षती पुर्याएको छ । निरन्तर दुईदिनको वर्षाको कारण आएको बाढीले गाउँपालिका वडा नंबर ४ र ५ मा रहेको परेवाभिरमा निर्माणधिन ६ सय ३० मिटरको सडक निर्माणमा केहि क्षती पुगेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।

१८ महिनामा सडक निर्माण कार्य सम्पन्न गर्ने योजना रहेकोमा ५ महिनामै ८० प्रतिशत काम सम्मपन्न भइसकेको थियो अध्यक्ष मल्लले भनेः काम भइरहेको अवस्थामा बाढी पस्यो ।सडकमा ८ मिटर वाल उठाउनु पर्ने काममा ६ मिटर वाल उठाउने काम सम्पन्न भइसकेको थियो । दुई मिटर बाँकी रहँदै बाढी पस्यो अध्यक्ष मल्लले भने,‘परेवाभिरको अगाडी ढुङ्गाा,गिटि बालुवासहितको एक पहरा रहेको छ । त्यस पहराले वर्षातको समयमा आउने बाढीले निर्माणधिन सडकलाई क्षती पुर्याउने निष्कर्ष निकाल्दै गाउँपाकिलाले जिल्ला विपद् व्यवस्थापनलाई त्यस पहरा हटाउन अनुरोध गरेको थियो ।

जिल्ला विपद्ले निर्णय नगरि गाउँपालिकाले हटाउन नमिल्ने । हामीले गाउँपालिकाको गौरवको आयोजनालाई क्षती पुर्याउन सक्छ भन्दै निकाल्ल अनुमति माग्यौ । तर जिल्ला प्रशासन कार्यलय मकवानपुर र जिल्ला समन्वय समितिले अनुगमन गरेर केहि गर्न नपर्ने निष्कर्ष निकाल्यो । गाउँपालिकाले पहराको माटो हटाउन खोज्दा प्रशासनले प्रहरी लगाएर रोक्दियो । सोहिको कारण बाढी पस्यो सडकको केहि भाग बगायो ।’

भाग बगाएको संगै हाल काम रोकिएको छ अध्यक्ष मल्लले भन्छन्स् मौसममा सुधान आउने बित्तिकै काम सुरु हुन्छ । देशभर बाढी तथा पहिरोले निर्माण सम्पन्न राजमार्गमा त ठूलो क्षती भईरहेको खबरहरु आईरहेको छ । हाम्रो परेवाभिर त बन्दै गरेको केहि भाग बगाएको हो निराश हुनुपर्ने स्थिति छैन । काम छिट्टै सुरु हुन्छ । सडक बन्छ ।

अध्यक्ष मल्लले निर्माणधिन उक्त सडकको इन्स्योरेन्स गरेको बताउँदै काम समयमै सम्पन्न हुने दाबी गरे । गएको २०७७ मंसिरमा गाउँपालिकाले उक्त सडक निर्माणको लागि ६ करोड ३२ लाख रुपैँयाको ठेक्का आव्हान गरेको थियो । परेवाभिर क्षेत्रबाट सडक निर्माणको लागि केन्द्रीय सरकारबाट २ करोड रुपैँया,प्रदेश पूर्वाधार बाट ४० लाख र बाँकी गाउँपालिकाको रहेको छ ।

अध्यक्ष मल्लले केही समयमा फेरिपनि परेवा भिर बन्ने दाबी गरे पनि सोही स्थानका केही राजनीतिकर्मी तथा स्थाननीयले भने सो स्थान सडक निर्माणको लागि अनपयुक्त रहेको बताएका छ्न् । गाउँपालिकाले राजनितिक इगो राखेको कारण परेवाभिरको सडक निर्माणको लागि हालिएको रकम बालुवामा पानी हुने संभावना रहेको उनिहरुको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*