गाउँपालिका अध्यक्षको निधन

असार २०, जनकपुरधाम- सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ ।

शनिबार राति काठमाडौँमा उपचारका क्रममा ७० वर्षीय बर्माको निधन भएको हो । अध्यक्ष बर्मा विगत लामो समयदेखि क्षयरोगबाट पीडित थिए ।

असार १४ मा मेडिसिटी हस्पितालमा भर्ना भएका उनको उपचारकै क्रममा शनिबार राति १२ बजे निधन भएको गाउँपालिकाकी उपाध्यक्ष नितुदेवी यादवले जानकारी दिइन् ।

बर्मा नेपाली काँग्रेसबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*