औषधि उत्पादक संघद्वारा सरकारलाई ४० लाख बराबरको औषधि सहयोग
असार २०, काठमाडौं । बाढीपहिरो पीडित तथा कोभिड संक्रमितको उपचारका लागि नेपाल औषधि उत्पादक संघ ९एपोन० ले सरकारलाई ४० लाख बराबरको औषधि सहयोग गरेको छ ।
एपोनका अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले आइतबार स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई औषधि हस्तान्तरण गरेका हुन् ।
एपोनमा आबद्ध विभिन्न औषधि उत्पादक कम्पनीले उपलब्ध गराएका १४६ प्रकारका औषधि सरकारलाई सहयोगस्वरूप प्रदान गरिएको हो ।
























