नेपालमा थप २ हजार ६३४ जनामा कोरोना पुष्टि

असार २२, हेटौंडा । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६३४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५०३ पीसीआर परीक्षण गर्दा १ हजार ७१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ८२ परीक्षण गर्दा ९१६ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५६५ जना निको भएर घर फर्केका छन्। पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो संगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*