आज ज्ञानेन्द्र शाहको जन्मदिन

काठमाडौं,आसार २३ – पूर्व राजा ज्ञानेन्द्र शाहको आज जन्मदिन परेको छ ।

पूर्व राजा शाह आजबाट ७५ बर्षमा लागेका छन्। कोरोना संक्रमणका कारण यसबर्ष आफ्नो जन्मदिन उनले नमनाउने भएका छन् । केही समयअघि उनले यस बर्ष आफ्नो जन्मदिन नमनाउने बताएका थिए ।

मुलुक कोरोनाबाट आक्रान्त रहेको बेला जन्मदिन मनाउनु राम्रो नहुने भन्दै उनले यसबर्षको जन्मदिन नमनाउने बताएका छन् । जन्मदिनमा उनलाई शुभकामना भने आइरहेको छ ।

लोकतन्त्र आउनुअघि राजाको जन्मदिनमा सार्वजनिक बिदा हुने गर्दथ्यो । तर २०६२–६३ को जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले उक्त अधिकार कटौती गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*