आज भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन अनुरोध

असार २६, काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावले आज पनि मुलुकका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहेको र हाल प्रदेश १, वाग्मती प्रदेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको जनाएको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जनर चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेका स्थानका पहाडी भू(भागमा भू(क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ असार २६ गते (शनिबार)

दिउँसोस्देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातिस् देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ असार २७ गते (आइतबार)

दिउँसोस् देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वाग्मती , गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारीरधेरै भारी वर्षाको सम्भावना रहेको छ।

रातिस् देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका का केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित भारीरधेरै भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ असार २८ गते (सोमबार)

दिउँसोस् देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातिस् देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*