काठमाडौं उपत्यकामा फेरि लम्बियो निषेधाज्ञा
असार २६, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा लम्बाइएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले असार २१ गते देखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको थियो । तर, पछिल्लो समय थप गरिएको निषेधाज्ञा विगतको भन्दा खुकुलो देखिएको छ ।
यो पटकको निषेधाज्ञामा जिल्ला प्रशासन कार्यालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालनामा आम नागरिक तथा व्यवसायी उदासिन देखिएका छन् । जसले तेस्रो लहरको कोरोना संक्रमणको जोखिम बढाएको छ ।
























