आजको लागि तय गरिएको राष्ट्रिय युवा संघको सडक प्रदर्शन स्थगित

असार २६,हेटौंडा-  राष्ट्रिय युवा संघ नेपालको आज (शनिवार)का लागि तय गरिएको सडक प्रदर्शन स्थगित गरिएको छ । युवा संघले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलसम्म निर्वाचनको पक्षमा सडक प्रदर्शन गर्ने तय गरेको थियो ।

सो प्रदर्शन अब आइतवार दिउँसो ३ बजे हुने संघले जनाएको छ ।एमाले विवाद समाधानका लागि गठित कार्यदलले सहमतिको मस्यौदा तयार पारेकाले आज साँझै छलफलपछि एमाले एक भएको सन्देश दिने तयारी भएकाले सडक प्रदर्शन रोकिएको बताइएको छ ।

युवा संघले वर्तमान सरकार र नेकपा एमालेविरुद्धको घेराबन्दी, विपक्षी गठबन्धनको असंवैधानिक र राष्ट्रघाती कदमविरुद्ध भन्दै सडक प्रदर्शन गर्ने जनाएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*