अंग्रेजी शिक्षकहरुको अनलाइन तालिम शुरु

असार २७, हेटौंडा- ल्टा बागमती प्रदेशको आयोजनामा नेल्टाका जिल्ला, प्रदेश र केन्द्रीय पदाधिकारीहरु, आजीवन सदस्यहरु तथा विभिन्न तहमा अध्यापन गर्ने झण्डै २ सय ५० भन्दा बढी अंग्रेजी शिक्षकहरु सहभागी रहेको अनलाइन तालिम शुरु भएको छ ।

नेल्टा बागमती प्रदेश अध्यक्ष गणेश हुमागाईको सभाध्यक्षता रहेको उद्घाटन कार्यक्रममा नेल्टा केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवानको प्रमुख आतिथ्यता रहेको थियो ।नेल्टा केन्द्रीय समिति तथा प्रदेश समिति पदाधिकारी एवम् सदस्य, नेल्टा सेन्टरका प्रोग्राम कोअर्डिनेटर, एक्सेस प्रोग्राम कोअर्डिनेटरलगायत विभिन्न जिल्लाका अध्यक्षको आतिथ्यता रहेको कार्यक्रमको सहजीकरण नेल्टा बागमती महासचिव किशोर पराजुलीले गरेका थिए ।

तालिममा पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत शंकर अधिकारी, नेल्टा वरिष्ठ उपाध्यक्ष प्राडा लक्ष्मण ज्ञवाली, अंग्रेजी पाठ्यपुस्तक लेखक विश्वराज जोशी, नेल्टा केन्द्रका पूर्व तालिम संयोजक सरिता देवानलगायतले सहजीकरण गरेका छन् ।

विषम् परिस्थितिको समयलाई सदुपयोग गर्दै नेल्टा बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा विभिन्न तहमा अध्यापन गर्ने अंग्रेजी शिक्षकको पेशागत् विकासका लागि हरेक शनिबार विहान ७ः३० देखि ९ बजेसम्म तालिम सञ्चालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*