कोरोनाको कारण हेटौंडामा थप एक जनाको मृत्यु

असार २७, हेटौंडा । मकवानपुरमा कोरोना भाइरस संक्रमणको कारण थप एक जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर १४ की ७० वर्षीया वृद्धा महिला रहेको स्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी एवम् जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेले जानकारी दिए । उनका अनुसार वृद्धामा असार २० गते कोरोना पुष्टि भएको र सोहि दिन उपचारको लागि हेटौंडा अस्पताल भर्ना गरिएको थियो र गएराति मृत्यु भएको हो ।

यसअघि पछिल्लो तीन दिन एता कोरोनाबाट कसैको पनि मृत्यु भएको थिएन । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ३३ जनाको मृत्यु भएको छ । यसैगरि आज थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको विभिन्न स्थानीय तहमा ७४ जनामा गरिएको एन्टीजेन परीक्षणमा थप २३ जनामा संक्रमण देखिएको निरीक्षक घिमिरेले बताए ।

उनका अनुसार संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा बढी ११ जना मनहरी गाउँपालिका भित्रका रहेका छन् । यसैगरि मकवानपुरगढी गाउँपालिका भित्रका ३ जना,हेटौंडा उपमहानगरपालिका,थाहा नगरपालिका,बागमती र कैलाश गाउँपालिका भित्रका २ २ जना तथा भीमफेदी गाउँपालिका भित्रका १ जना रहेका छन् ।

यसैगरि आज थप ७७ जना संक्रमित संक्रमण मुक्त अर्थात कोरोना जितेका छन् । यो संगै जिल्लामा हाल ६ सय २३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

यसैबिच आज गरिएको पिसिआर परीक्षणको रिपोर्ट साँझ सम्म आइपुग्ने स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*