आज थप २३ सय ९८ जनामा कोरोना,२ हजार ७८ जना संक्रमणमुक्त
असार २९, हेटौंडा- पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३९८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ७८ जना निको भएर घर फर्केका छन्।
\मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५८ पीसीआर परीक्षण गर्दा १ हजार ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ९५४ परीक्षण गर्दा ७५९ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा १२ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसारसोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ ।
























