सेयर बजार परिसूचक नेप्से ११.३३ अङ्कले उकालो लाग्यो

३१ असार , हेटौंडा । साताको अन्तिम आज बिहीवार सेयर बजार परिसूचक नेप्से उकालो लागेको छ । आज नेप्से ११ दशमलव ३३ अङ्कले बढेर २८ सय ३ दशमलव ३८ विन्दुमा पुगेको हो ।

आज व्यापार समूहको शेयर २८ दशमलव ७१ अङ्कले बढेको छ भने, हाइड्रोपावरको ५६ दशमलव १४ अङ्कले, फाइनान्सको ४७ दशमलव ८९ अङ्कले, निर्जीवन बीमाको ३६ दशमलव २६ अङ्कले बढेको छ ।

यस्तै माइक्रोफाइनान्स समूहको शेयर ४५ दशमलव ७१ अङ्कले वृद्धि भएको हो । आज होटल र पर्यटन समूहको शेयर भने ५० अङ्कभन्दा धेरैले ओरालो लागेको छ ।

आज दुई सय २३ कम्पनीका पाँच करोड ८५ लाख कित्ता शेयर आठ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएका छन् ।

सबैभन्दा धेरै गुर्खाज फाइनान्सको ३६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज नाङ्दी ग्रुप पावर कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै साढे नौ प्रतिशतले बढेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*