लगातारको वर्षापछि सप्तकोशीमा पानीको बहाव उच्च, २९ ढोका खोलियो

सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पूर्वी पहाडी जिल्लामा लगातार पानी परेका कारण सप्तकोशीमा पानीको बहाव उच्च भएको हो ।

सप्तकोशीमा मंगलबार दिउँसो ४ बजे पानीको बहाव बढेर प्रतिसेकेण्ड २ लाख २३ हजार ४ सय १५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनुभयो । पानीको बहाव उच्च भएपछि ब्यारेजको ५६ ढोका मध्य २९ वटा ढोका खोलिएका छन् ।

सप्तकोशीमा पानी बढेपछी कोशी आसपासका बासिन्दालाइ सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

कोशीको बाढीबाट हुने सम्भावित घटनालाई मध्यनजर गर्दै गोताखोर सहितको शसस्त्र प्रहरीको उद्धार टोली कोशी आसपासका क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले बताउनुभयो ।

सप्तकोशीमा पानीको बहाव उच्च हुँदा समेत कोशी ब्यारेजका सबै ढोका नखोलेको भन्दै स्थानीयले आपत्ति जनाएका छ्न । भारत सरकारको नियन्त्रणमा रहेको कोशी ब्यारेजका सबै ढोका नखोलेका कारण वर्षेनी कोशी आसपासका खेती योग्य जमिन र मानव बस्ती डुवानमा पर्ने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*