नेपालका १५ वटा बैंक ह्याक गर्ने चेतावनी, राष्ट्र बैंकले भन्यो : बैकिङ्ग सिस्टम ठिक छन्

काठमाण्डौं – नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनीसहित बैंकका उच्च अधिकारीलाई फोन र म्यासेज आएको पाइएको छ ।

ह्याकरले बुधबार राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सहप्रवक्ता नारायण पोखरेलसहितका उच्च अधिकारीलाई बैंकहरुको सिस्टम ह्याक गरि रकम लैजाने चेतावनीसहितको म्यासेज पठाएको थियो ।

राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले उक्त म्यासेजमा कुनै सत्यता नभएको बताए । ‘उक्त म्यासेजमा कुनै सत्यता छैन ।अनर्गल म्यासेज गरिएको हो । भाइरल गरेको म्यासेजमा इमेल देखिएको छ । तर, हाम्रोमा इमेल देखिँदैन । बैंकिङ सिस्टम ठिक छन् । आइटी डिपार्टनेन्टले म्यासेज पठाउने व्यक्तिको पहिचान गर्न खोज्दैछ । यसको प्रयोग गर्ने नेपालको पहिलो व्यक्ति को हो त्यसको खोजी गर्दैछौं । आवश्यक पर्यो भने प्रहरीको समेत सहयोग लिन्छौं,’ सहायक प्रवक्ता पोखरेलले काठमाण्डुपाटीसँग भने ।

‘मेसेज आउना साथ हामीले सबै डाटाहरु चेक गर्यौ तर त्यस्तो केही पनि फेला पारेनौँ । त्यो मेसेजको पछाडी कुनै पनि सत्यता छैन् । हामीले नेपाल राष्ट्र बैंक लगायत अन्य बैंकमा पनि सम्पर्क गरौँ तर कही पनि त्यो मेसेजको सत्यता भेटेनौँ,’ उनले भने । बैंकको सिस्टम ह्याक गर्ने सम्भावना नरहेपनि सिस्टमलाई सुरक्षीत रुपमा हेरिरहेको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नविल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुछ्रे, एनएमबी, एनआसी एसिया,बैंक अफ काठमाडौं, सिटिजन, सानिमा, एसबीआइ, एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट, हिमालयन बैंकको सिस्टम ह्याक गरेर ठूलो क्षति पुर्‍याउने चेतावनी इमेल र फोन मार्फत आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*