राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षा स्थगित

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ।

शनिबारको बैठकले कक्षा १२ को साउन ३१ देखि निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। कोरोना भाइरस संक्रमणको जोखिम हुने भन्दै परीक्षा स्थगन गर्न चौतर्फी दबाब परिरहेको थियो। शिक्षा मन्त्रालयका एक अधिकारीले कक्षा १२ को परीक्षा स्थगित गरिएको र १५ दिनको समयावधि राखेर अर्को मिति निर्धारित गरिने जानकारी दिए।

शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ सहित सबै तहको परीक्षा स्थगित गर्न सिसिएमसी तथा शिक्षा मन्त्रालयलाई अनुरोध गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी गराएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*