आज २५४८ जना कोरोना संक्रमित थपिए , ५५ जनाको मृत्यु
काठमाडौँ– नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै गत २४ घण्टामा देशभर ५५ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ।
देशभर हालसम्म ३५ हजार ४८५ सक्रिय संक्रमित छन्। आइतबार २ हजार २९ जना संक्रमणमुक्त भएका छन्।
























