महामारीको तेस्रो चरणलाई ध्यानमा राखी आइसीयू र अक्सिजन तयारी अवस्थामा राख्न सर्वोच्चको परमादेश

काठमाडौं – सर्वोच्च अदालतले कोरोना महामारीको तेस्रो चरणलाई ध्यानमा राखी हरेक अस्पतालमा तत्काल पर्याप्त मात्रामा आईसीयू बेड, भेन्टिलेटर, अक्सिजनलगायत जीवन रक्षाका लागि निरन्तर चाहिने सामग्रीको पर्याप्त व्यवस्था गर्न भनेको छ।

तयदबअअय पबच पयकज
यस्ता सामग्री अस्पतालमा २४ सै घण्टा र ३६५ दिन नै सञ्चालनमा राख्नु भनी सर्वोच्चले सरकारको नाममा परमादेशको आदेश जारी गरेको हो।

न्यायाधीश दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासले यस्तो परमादेश जारी गरेको हो। नेपालका कोरोनाको दोस्रो लहर समाप्त भई तेस्रो लहर सुरु हुन लागेको समयमा सर्वोच्च अदालतको यस्तो फैसला आएको हो।

अधिवक्ताहरू शैलेन्द्रप्रसाद अम्बेडकर र मोहना अन्सारीले दायर गरेको रिटमा फैसला गर्दै सर्वोच्चले सरकारलाई कोरोनाको तेस्रो लहरको तयारी गर्न भनेको हो। २०७८ जेठ ११ गते भएको फैसलाको पर्णपाठमा सरकार र स्वास्थ्य मन्त्रालयलगायतलाई तयारीका लागि अन्य आदेशसमेत जारी गरेको छ।

सामान्य अवस्थामा पनि नागरिकलाई रोग लागेपछि उपचारको यथोचित प्रबन्ध मिलाउनु राज्यको महत्त्वपूर्ण कर्तव्य र दायित्व हुने फैसलाको पूर्णपाठमा उल्लेख छ।

सरुवा प्रकृतिको कोभिड–१९ को महामारीको यस विशेष परिस्थितिमा नागरिकलाई रोग लाग्नबाट बचाउन रोकथामका प्रभावकारी उपायको कार्यान्वयन गर्नुका साथै संक्रमित व्यक्तिको उपचारको यथोचित प्रबन्ध मिलाई नागरिकको जीवन रक्षा गर्नु राज्यको सर्वाधिक महत्त्वपूर्ण दायित्व रहने फैसलाको पूर्णपाठमा उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*