आज नाग पञ्चमी – घरको ढोकामा किन टाँसिन्छ नागको तस्बिर ?

हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।

नागको तस्वीर घरका ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

नागका १२ नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकाल देखिको परम्परा रहेको छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।

आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ। आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढाउने गरिन्छ।

वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्प लगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।

आजको दिन बिहानै उठी स्नान गरी दिप,कलश,गणेश पूजा गरि गोवरको नाग बनाई नगको मानचित्रमा दहि, दूबो, कुश, सिन्दुुर, चन्दन आदिले पूजा गरि ढोकामा टाँस्नाले सर्प वा नागको भए हुँदैन भन्ने धार्मिक मान्यता रहेकोछ । नागहरु जस्तै अनन्त, वासुकि, पद्म, महापद्म,तक्षक, कुलि, कर्कट,शंखनाग, शेषनाग आदिको चित्र टासिन्छ । यसरि बिभिन्न नागको चित्र घरमा टास्नाले चट्याङले नहान्ने, आगो तथा सर्पको भए नहुने हाम्रो धार्मिक आस्था तथा बिस्वास रहिआएको छ ।

स्कन्द पुराण अनुशार आज नागको पुजा गर्नाले मनोकामना पुर्णहुन्छ भनि बर्णन गरिएको छ ।

श्रावण शुक्ल पंचमि तिथिका दिनबाट वर्षायाम समाप्त भई हिउँद शुरु भएको मानिन्छ । ज्योतिष शाष्त्रीय मान्यता अनुशार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साईत हेर्नु पर्दैन भन्ने बिश्वास रहदै आएको छ । कुनै पनि घर तथा बंगाला निर्माण गर्दा भुमिमा नाग देवाताको बास भए बिधिवत रुपमा पूजा आजा गरि पन्छाए नागको दोषबाट मुक्त हुन धार्मिक जन बिश्वास रहि आएको छ ।

नाग पंचमिको दिन हिन्दु धर्मावलम्बिहरुले दिनभर व्रत गरि सूर्यास्त भए पछि नाग देवताको मुर्तिमा बिभिन्न सामानहरु जस्तै फुल, प्रसाद तथा फलले पुजा आजा गरि प्रसाद बाढ्ने तथा आफुले पनि लिने गर्दछन् । यसरि श्रावण शुक्ल पंचमिको दिन श्रदा तथा भक्तिका साथ मनाईने यो पर्ब हिन्दुधर्मावलम्बिहरुले धुमधामका साथ मनाउने गर्दछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*