जापानले उपलब्ध गराएको अन्तिम खेपको खोप आज आइपुग्यो
काठमाडौं । जापानले नेपाललाई उपलब्ध गराएको मध्येको अन्तिम खेप खोप सोमबार काठमाडौं आइपुगेको छ ।
कोभ्याक्स संयन्त्रमार्फत जापानले उपलब्ध गराएको १६ लाख डोजमध्येको ५ लाख ५९ हजार ३६० डोज अस्ट्राजेनेका खोप सोमबार काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।
काठमाडौं विमानस्थलमा जापानी र कोभ्यास अधिकारीहरुले स्वास्थ्य मन्त्रालयका अधिकारीलाई खोप हस्तान्तरण गरेका थिए । जापानले उपलब्ध गराएको उक्त खोप यसअघि पहिलो डोज भोभिसिल्ड लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएको छ ।
जापानले उपलब्ध गराएको सबै खोप आइपुग्यो, अन्तिम खेपको ५ लाख अस्ट्राजेनेका खोप आज प्राप्त
अहिले आएको खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई लगाइने जनाइएको छ ।
जापान कोरोनाविरुद्धको अस्ट्राजेनेका खोप कूल १६ लाख १४ हजार ७४० डोज उपलब्ध गराएको हो ।
























