नारायणी नदीले सतर्कता तह पार गर्यो

चितवन । नारायणी नदीले सतर्कताको तह पार गरेसँगै चितवन प्रशासनले सर्वसाधरणलाई सतर्क रहन आग्रह गरेको छ । अहिले नारायणी नदीमा जलसतह बढेर ७ मिटरको सतर्कता तह पार गरेको छ । अहिले नदी ७।३३ को तहमा बगिरहेको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

उनले नदीको तह बढ्ने क्रममा रहेकाले सतर्क रहन सबैमा आग्रह गरे । लामिछानेले नारायणी नदीले सर्तकता तह पार गरेर खतराको तह ९ भन्दा माथि पुगेमा धनजनको क्षती हुन सक्ने भन्दै होसियार रहन सबैलाई आग्रह गरे ।

उनले अहिले पनि चितवनमा पानी परिरहेकाले बिभिन्न ठाउँमा रहेका खोलामा बाढी आउन सक्ने भन्दै खोला आसपास कसैलाई पनि नजान आग्रह गरे । बाढीका कारण हुन सक्ने संभावित घटनालाई मध्यनजर गर्दै आफुहरु तयारी अवस्थामा रहेको लामिछानेको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*