आजदेखि मौसममा सुधार,केही स्थानमा हल्का बर्षा

केही दिनदेखि नेपालमा लगातार पानी परिरहेको थियो । तर मंगलबारदेखि मौसममा सुधार आएको छ । काठमाडौं उपत्यका लगायत देशका धेरै स्थानमा बिहानै घाम लागेको छ ।

अहिले देशभर सामान्य बदली रहि प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा मात्र हल्का देखि मध्यम पानी परिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको देखिन्छ। आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।

यस्तै आज सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।  त्यस्तै आज राति बागमती प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।

हाल मौसमको अवस्था 

हाल देशभर सामान्य बदली रहि प्रदेश नं १,  गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ भाद्र १५ गते ( मंगलबार)

दिउँसोदेशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ भाद्र १६ गते ( बुधबार)

दिउँसोदेशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

 २०७८ भाद्र १७ गते ( बिहिबार)

दिउँसोदेशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशको केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना  साथै सुदुरपश्चिम र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*