भारी वर्षाका कारण काठमाडौंमा ३८२ घर डुबे, १३८ जनाको उद्धार

काठमाडौं । काठमाडौंमा गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेको छ। ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको छ । बाढीका कारण काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् ।

एसएसपी सिंहका अनुसार मानवीय क्षति भने भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*