थप ४४ जनामा कोरोना संक्रमण , १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४९५ जनाको पिसिआर गर्दा ३५ र २ हजार ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना गरि ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मंगलबार ४८१ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २ हजार ६८८ जना सक्रिय संक्रमित छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*