प्रतिनिधि सभाको उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता
काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उम्मेदवारी दर्ता गराएकी छन् । बिहीवार संघीय संसद भवन नयाँ बानेश्वर पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।
भुसालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का सांसद देवप्रसाद गुरुङ र समर्थकमा नेकपा ९एकीकृत समाजवादी० की सांसद लक्ष्मीकुमारी चौधरी छन् । त्यस्तैगरी प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० ले पनि उपसभामुखमा उम्मेदवारी दर्ता गराएको छ । एमालेको तर्फबाट सांसद विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावक सांसद शान्ता चौधरी छिन् भने समर्थकमा सांसद कृष्णभक्त पोखरेल छन् ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल गौतमले आफू निर्वाचित भए प्रतिनिधि सभालाई तटस्थ, स्वतन्त्र र प्रभावकारी रुपमा सञ्चालन गर्न भुमिका खेल्ने बताइन् । उनले आफ्नो भूमिका संवैधानिक परिषद्मा पनि हुने उल्लेख गर्दै सो भुमिकालाई इमान्दारितापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
























