वैदेशिक रोजगार विभागद्वारा म्यानपावर कम्पनीविरूद्ध ठगी मुद्दा दायर गर्न शुरू

काठमाडौं । वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीविरूद्ध पनि वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गर्न शुरूवात गरेको छ ।

यसअघि विभागबाट इजाजतपत्र लिएका म्यानपावर कम्पनीविरूद्ध परेका कामदारका उजुरीमा विभाग आफैंले छलफल चलाई मिलापत्र गराउने र मिलापत्र नभए इजाजतपत्रका लागि राखेको बैंक ग्यारेन्टीबाट कट्टा गरी कामदारलाई भुक्तानी दिन बैंकलाई पत्र पठाउने गरेको थियो ।

विभागले त्यसलाई परिवर्तन गरी विभागबाट श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा पठाई ठगी गरेको विषयमा वैदेशिक रोजगार ऐनको दफा ४४ अनुसार वैदेशिक रोजगार न्यायाधिकरणमा बिगो र पचास प्रतिशत हर्जना र कैद माग गर्दै ठगीको मुद्दा दायर गर्न शुरू गरेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*