संसदीय छानबिन समितिको बैठक सुरु, सिसिटिभी फुटेजसम्बन्धी अध्ययन हुँदै
काठमाडौँ – संसदीय छानबिन समितिको बैठक सुरु भएको छ। बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको आज मंगलबारको बैठक सुरु भएको हो।
पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन जारी छ। नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले सोमबार समितिलाई बुझाएको अर्थमन्त्रालयको सिसिटिभी फुटेजसम्बन्धी रिपोर्टको पत्र खुलाइएको छ। अब भिडियोमाथि अध्ययन र छलफल हुने समितिका एक सदस्यले जानकारी दिए।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थमन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको हो।
पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।
























