गठबन्धनले निर्वाचनमा तालमेल गर्नु संविधान विपरित – भीम रावल

काठमाडौँ – नेकपा (एमाले) का नेता डा.भीम रावलले विपरित सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित भएको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले गठबन्धनमा आवद्ध राजनीतिक दलहरुको आ(आफ्नो सिद्धान्त भएको बताए। गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित हुने बताए।

उनले जनताको मत निश्चित विचारधारा,दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरित सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्नु गलत भएको बताए। नेता रावलले यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहिन, आर्दशहिन र गन्तव्यहिन दिशातर्फ धकेल्ने बताए।

आगामी निर्वाचनमा सबै राजनीतिक दलहरुले आ-आफ्नो सिद्धान्त र नीतिमा अगाडी बढेर आफ्नो घोषणापत्रका आधारमा मत माग्नुपर्ने उनको भनाई छ।

रावलले भने, ‘पाँचदलीय गठबन्धनका बैठकहरु हेर्दा ति राजनीतिक दलहरुले विपरित सिद्धान्त हुँदाहुँदै पनि तालमेल गर्ने कुरा अगाडी सारेको हामीले पाएका छौँ। यसरी आम निर्वाचनमा विपरित सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्ने कुरा यो नेपालको संविधानको धारा २६९ को विरुद्धमा छ। अहिले जो जो नेताहरु त्यो पाँच दलको सबभन्दा माथिल्लो तहमा हुनुहुन्छ। उहाँहरूले सम्झना गर्नुपर्छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*