आज जापान पुगेका प्रचण्डले भने – नागरिकता विधेयक एनआरएनको हितमा छ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्डले नागरिकता विधेयक एनआरएनको हितमा हुने गरी ल्याइएको बताएका छन् ।

पाँच दिने भ्रमणका लागि शनिबार जापान पुगेका अध्यक्ष प्रचण्डले टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भने-‘नागरिकताको एनआरएनसँग सम्बन्धित जो विषय थियो, संविधानमा हामीले नै पहल गरेर राखियो र अहिले यो विधेयक हामी अगाडि बढाउँदैछौं । त्यसमा पनि एनआरएन नेपालीहरु जो विदेशमा छन् उनीहरुको हितलाई बढी ध्यान दिइएको छ।’

साथै उनले जापान विश्वकै लागि प्रेरणाको स्रोत रहेको पनि बताए । उनले भने- ‘जापान हामी सबैको प्रेरणाको स्रोत हो । जसरी युद्धबाट प्रभावित भएको देश आफ्नै मेहनतले यति माथि आउन सक्दो रहेछ भन्ने उदाहरण जापान भएको हुनाले यो प्रेरणा लिनु पनि हो ।’

अध्यक्ष प्रचण्डले भ्रमणका क्रममा जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई भेट्ने इच्छा रहेको तर त्यो पूरा हुन नसकेको बताए । ‘उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई अर्को हाइटमा कसरी लाने भन्ने मेरो इच्छा थियो । त्यो चाहिं पूरा भएन । बडो दुर्भाग्यपूर्ण घटना भयो ।’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*