आजदेखि राजनीतिक दल दर्ता सुरु

काठमाडौं । निर्वाचन आयोगले आजबाट राजनीतिक दल दर्ता सुरु गर्ने भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि हुने आगामी निर्वाचन प्रयोजनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार साउन ३१ गतेसम्म निर्वाचन आयोगमा कार्यालय समयमा दल दर्ता गर्न सकिनेछ ।

दल दर्ताका लागि निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या पेस गर्नुपर्नेछ । वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि सातवटै प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

सरकारले मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*