नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाउनुभएको बैठक आज (सोमबार) बिहान साढे ९ बजेदेखि जारी रहेको छ । सत्ता गठबन्धनका दलहरुसँग सिट बाँडफाँड गर्दा कस्तो रणनीति अपनाउने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले पार्टीका शीर्ष नेताहरुको बैठक बोलाउनुभएको हो ।

सत्ता गठबन्धनमा रहेका दलहरु आगामी निर्वाचनमा तालमेल गर्ने सहमति भइसकेको छ । सिट बाँडफाँडका लागि कार्यदल समेत बनेको छ । गठबन्धनमा रहेका अन्य दलहरुले कांग्रेस र अन्य दलहरुबीच कम्तिमा आधा-आधाको हिसाबमा सिट
बाँडफाँड हुनुपर्ने माग गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*