‘प्रधानन्यायाधीशलाई झुन्ड्याएर राख्न मात्र छानबिनको नाटक रचियो,’ – उपाध्यक्ष नेम्वाङ

ताप्लेजुङ। नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकार कामचलाउ भइसकेको टिप्पणी गरेका छन् ।

मंगलबार ताप्लेजुङमा आयोजित कार्यकता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले चुनावको निर्वाचन मिति घोषणा भइसकेको र असोजमा उम्मेदवारी दिने भएकाले संसद नै नरहदा सरकार कामचलाउ भइसकेको बताए ।

त्यस्तैगरी उपाध्यक्ष नेम्वाङले झुलाएर राख्न सर्वोच्चको प्रधानन्यायाधीशमाथि महाभियोगको नाटक गरिरहेको समेत आरोप लगाएका छन् ।

‘निर्वाचनमा गएपछि छानबिन समितिका सदस्य नै रहँदैनन् । प्रधानन्यायाधीशलाई झुन्ड्याएर राख्न मात्र छानबिनको नाटक रचियो,’ उनले भने, ‘प्रधानन्यायाधीशलाई छापामार शैलीमा महाभियोग लगाइयो । गत फागनु १ मा महाभियोग दर्ता गराएर सरकार सुतेको सुत्यै भयो । प्रधानन्यायाधीशलाई झुन्ड्याएर राख्न मात्र महाभियोग लगाइयो।’

उनले सत्तासाझेदार दलहरूले प्रतिपक्षलाई अप्रजातान्त्रिक रूपमा घेराबन्दी गरेको गरेको बताए ।

उपाध्यक्ष नेम्वाङले सरकारबाट प्रतिपक्षीलाई घेराबन्दी गरेर प्रजातन्त्र अपमान गरेको पनि टिप्पणी गरेका छन् । रक्षा नहुने टिप्पणी पनि गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*