सिट बाँडफाँटका लागि सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक आज बिहीबार बस्दैछ ।

मंसिर ४ गेत हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनका दलबीच सिट बाँडफाँटबारे छलफल गर्न दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

निर्वाचनमा तालमेल गरेर जाने सहमति भए पनि गठबन्धन दलहरू बीच सिट बाँडफाँट हुन सकेको छैन । कार्यदलको यही साउन २३ गते बसेको पहिलो बैठक औपचारिकतामै सीमित भएको थियो ।

आजको बैठकमा सिट बाँडफाँटको आधार र मापदण्ड तय गर्ने कार्यदलको तयारी छ । सोही मापदण्डका अनुसार दलहरूबीच सिट बाँडफाँट हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*