स्वास्थ्य बीमा निजीलाई दिनु हुँदैन – गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन्।

शनिबार काठमाडौँमा भएको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बीमा दिए त्यो बीमा नै नरहने जिकिर गरे।

महामन्त्री थापाले नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सकेमात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने बताए

सकरारले स्वास्थ्यमा हुने खर्च घटाउने गरेर स्वास्थ्य प्रणालीका संरचनाहरू निर्माण गर्नुपर्ने उनको भनाइ छ।

महामन्त्री थापाले भने, ‘नागरिकको स्वास्थ्यमा हुने जुन खर्च छ, त्यो खर्च गर्ने कुरा हामीले यदि घटाउन सकेनौँ भने अवस्था गाह्रो छ। हामी बीमा बीमा भनिरहेका छौँ। सबैलाई बीमामा ल्याएर खर्च गर्ने हो भने सरकारले पुर्‍याउँछ कसरीरु हामीसँग पैसा कति छरु हामीले सकेसम्म स्वास्थ्यमा हुने खर्च घटाउने गरेर हेल्थ सिस्टम विकास गर्न सकेनौँ भने, प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम गर्न सकेनौँ भने हामीले थेग्नै सक्दैनौँ। सरकारले खालि कतिवटा अस्पताल बनाउने भन्ने कुरा मात्रै टिप्यो र अस्पतालको शिलान्यास भयो। हामीले हेल्थ सिस्टमलाई नै अस्पतालमा लगेर जोडेका छौँ। त्यसबाट बाहिर निस्किनुपर्छ। हामीले स्वास्थ्य बीमाको कुरा गरिरहेका छौँ। हामीले कल्पना गरेको स्वास्थ्य बीमा भनेको युनिभर्सल एक्सेस हो। त्यसैले यो सरकारले के सोचेर ल्यायो अस्ति थाहा छैन। प्राइभेटलाई म दिन्छु भनेर गयो भने इन्स्योरेन्स नै रहँदैन। हाम्रो यो सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा हो। त्यसैले हामीले प्रिमियमबाट नै उठाउने पैसा र खर्च गर्ने पैसाको बीचमा ठूलो ग्याप रहन्छ। खर्च गर्नसक्ने अनुसारको हेल्थ सिस्टम डिजाइनबारे सरकारले सोच्नुपर्छ। सरकारले खर्च गर्ने पैसा घटाउन सकेमात्र स्वास्थ्य सिस्टम जोगाउन सक्छ। त्यसको निम्ति स्थानीय सरकारलाई प्राथमिक स्वास्थ्यको संरचना भित्रको महत्वपूर्ण जिम्मा दिएर सिस्टम क्रिएट गर्न सकेन भने अस्पताल मात्रै खोलेर स्वास्थ्य सुरक्षा हुन सक्दैन।’

स्थानीय सरकारलाई प्राथमिक स्वास्थ्यको संरचना भित्रको महत्त्वपूर्ण जिम्मा दिएर स्वास्थ्य प्रणालीको निर्माण गर्न नसके अस्पताल मात्रै खोलेर स्वास्थ्य सुरक्षा नहुने पनि उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*