बीमा विधेयक, २०७९ बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाले बीमा विधेयक, २०७९ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो । प्रतिनिधिसभा बैठक अहिले जारी छ ।

हाल अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल चलिरहेको छ । सो विधेयक पनि आजै पारित गर्ने कार्यसूची रहेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*