कांग्रेस नेता कोइराला सभापति देउवालाई भेट्न पुगे

काठमाडौँ– नेपाली काग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच चुनावी सिट बाँडफाँटबारे छलफल भइरहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच छलफल भइरहेको कोइराला निकट एक नेताले देशसञ्चारलाई जानकारी दिए।कोइराला देउवालाई भेट्न बालुवाटार पुगेका हुन्।

सत्ता गठबन्धन र कांग्रेसभित्र आगामी संघ र प्रदेश चुनावको लागि सिट बाँडफाँडमा रस्साकस्सी भइरहेको छ।काँग्रेसले १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र मध्य सत्ता गठबन्धनमा १०० सिट दाबी गर्दै आएको छ।

नेकपा माओवादी केन्द्रले काँग्रेसलाई ८० सिट दिने बताएको छ।

सत्ता गठबन्धनभित्रै सिट बाँडफाँटको टुंगो नलागिसकेको अवस्थामा नेता शेखर कोइराला समूहले ४० सिट दाबी गरेको छ।

यसै बिषयमा छलफल गर्न कोइराला देउवालाई भेट्न बालुवाटार पुगेका हुन्।कोइरालाले आइतबार बिहानैदेखि आफ्नो समूहका नेताहरुसँग औपचारिक तथा अनौपचारिक छलफल गरिरहेका छन्।आफ्ना समूहका नेताहरुसँग बिशालनगरस्थित सम्पर्क कार्यालयमा भएको छलफल रोकेर कोइराला देउवालाई भेट्न गएका हुन्।

पार्टीको १४ औँ महाधिवेशनमा सभापति देउवाका प्रतिस्पर्धी समेत रहेका कोइरालाले बलियो र प्रभावशाली समूह बनाएर पार्टी राननीतिमा सभापतिलाई टक्कर दिँदै आएका छन्।

आगामी चुनावमा पार्टीभित्र उपयुक्त स्थान नपाए अन्य दल सँग सहकार्य गरेर अघि बढ्ने समेत शेखर समूहलले देउवालाई चेतावनी दिएको छ।

पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँडका लागि गठन भएको कार्यदलले साउन मसान्तसम्म निर्णय गर्ने भनिएकोले नेताहरुबीच छलफल बाक्लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*