गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटसम्म स्थगित भएपछि ६९ जना सांसद उपस्थित नहुँदा प्रतिनिधिसभा मंगलबारसम्मका लागि स्थगित भएको हो ।
सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि छलफल भएर निणयार्थ पेश गर्ने क्रममा गणपूरक संख्या नपुगेपछि साउन ३१ लागि बैठक स्थगित गरिएको हो । प्रतिनिधिसभाबाट बीमा विधेयक, २०७९ पारित भएको छ ।
आज बसेको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो । यस्तै सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ पारित गरेको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक पारितका लागि प्रस्तुत गरेका थिए ।
























