नागरिकता विधेयकमा एमालेद्वारा प्रतिनिधिसभामा मतदान माग

काठमाडौं । नेकपा एमालेले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतदान माग गर्ने भएको छ ।

दिनभर छलफल भएको उक्त बिधेयक विहीबार नै पारित गर्ने सरकारको तयारी छ । तर प्रमुख प्रतिपक्षी दल एमालेले पारित गर्ने क्रममा ध्वनि मत नमान्ने भएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘एमाले मत विभाजनमा गएर भोटिङ गर्ने पक्षमा उभिन्छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन २०६३ को संशोधन विधेयक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएपछि सत्तारुढ गठबन्धनले भने उक्त विधेयक जस्ताको तस्तै पारित गर्ने निर्णय गरिसकेको छ ।

बिहीबार प्रतिनिधिसभामा छलफलका क्रममा नेकपा एमालेका नेताहरुले भने यो विधेयकलाई पुनस् संसदीय समितिमा पठाएर बृहत छलफल गरेर मात्र पारित गर्नुपर्ने धारणा राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*