सिट बाँडफाँडसम्बन्धी छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक अपरान्ह बस्दै
काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठक सोमबार बस्दै छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ३ बजे गठबन्धन बैठक बस्ने एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ।
जसकारण गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनावमा होमिने तयारी छ। तर, कुन दललाई कति सिट दिने भन्ने विषयमा भने दलहरूबीच सहमति जुट्न सकेको छैन।
























