प्रतिनिधिसभाको बैठकमा गिरीप्रति श्रद्धान्जली व्यक्त

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेसका सांसद तथा नेता स्वर्गीय प्रदीप गिरीप्रति श्रद्धान्जली व्यक्त गरिएको छ । सोमबारको बैठक शुरु हुनासाथ गिरीप्रति श्रद्धान्जली व्यक्त गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

साथै प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसहमतीले पारित गरिएको थियो ।

स्वर्गीय गिरी २०७४ सालको आम निर्वाचनमा सिरहा जिलाको क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसको तर्फबाट निर्वाचित भएका थिए । त्यसअघि उनी २०५१, २०६४ र २०७० मा पनि सांसद बनेका थिए ।

प्रतिनिधि सभाको अर्को बैठक अब मंगलबार बिहान १० बजे बस्नेगरि स्थगित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*