जबराविरुद्ध लागेको महाअभियोग सम्बन्धी प्रमाण बुझाउन तीन दिनको समय

काठमाडौँ – महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाभियोगसँग सम्बन्धित प्रमाण भए बुझाउन सार्वजनिक सूचना प्रकाशित गरेर आग्रह गरेको छ।

समितिले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन सम्बन्धित व्यक्ति तथा निकायसँग आग्रह गरेको हो।

त्यस्ता कागजात तथा प्रमाणहरु तीन दिनभित्र समितिमा बुझाउन भनिएको हो।

प्रधानन्यायाधीश जबराविरुद्ध संविधानको धारा १०१ को उपचार २ तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम १६१ बमोजिम एक चौथाई भन्दाबढी सदस्यले महाभियोग प्रस्ताव पेश गरेका थिए।

महाभियोग सिफारिस समितिको भदौ ८ गतेको बैठकको निर्णय अनुसार प्रमाण तथा कागजातका लागि सार्वजनिक सूचना निकालिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*